रूपन्देही,२४ माघ । प्रहरी र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बीच बुटवलमा झडप भएको छ। स्थानीय तहको निर्वाचन घोषणा तथा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले अवरोध पुर्याउदा प्रहरी र अनेरास्ववियुका विद्यार्थी बीच झडप भएको हो । झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायतका घाइते भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिएका छन्।
नगर कमिटी अध्यक्ष रोशन घिमिरको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पाण्डेले बताए।