रौतहट १२ पुस/ विकासको काममा प्रहरीले बाधा पुर्याएको भन्दै सयौं मानिसको समूहले रौतहट स्थित ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराऊ गरेका छन ।
देवाही गोनाही नगरपालिकाका नगर उप-प्रमुख परनिया देवी पटेलको नेतृत्वमा स्थानीय र मौलापुरको विभिन्न वडाबाट दर्जनौंको संख्यामा गएको समूहले प्रहरी कार्यालय घेराउ गरी प्रहरी निरीक्षक राजन लम्साल विरुद्ध चर्को नारावाजी गरेका छन ।
मौलापुर नगरपालिकाको अगुवाइमा प्रदेश २ मै पहिलो पटक झन्डै ७५ बिगहा क्षेत्रफलको जग्गा एकीकरण गरी भौतिक संरचना निर्माण गर्न पछिल्लो केहीदिन देखि मौलापुर र गोनाही बीच रहेको लालबकैया नदिको बगरबाट माटो निकालेर खाल्टोहरु पुर्ने काममा प्रहरीले अवरोध पुर्याएपछि स्थानीयबासी प्रहरी बिरुद्ध उत्रेको एमाले नेता नागेन्द्र साहले जनाएका छन् ।
आज बिहान ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय देवाही गोना प्रमुख प्रहरी निरीक्षक लम्सालको नेतृत्वमा गएको प्रहरी टोलीले बालुवा, माटो उत्खनन रोकेर त्यहाँ प्रयोग भएको २ वटा जेसिवी र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए ।