रौतहट, ४ मंसिर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई रौतहटमा ५१ किलोको मालाले स्वागत गरेको छ। शनिबार रौतहटको कटहरियामा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रचण्डलाई ५१ किलोको मालाले स्वागत गरेको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा आयोजित जनसभाका लागि ११ बजे समय निर्धारण गरिएपनि प्रचण्ड २ बजे कार्यक्रम स्थल पुगेका थिए । अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने उक्त कार्यक्रममा लाखौं जनताहरुको उपस्थिती रहेको छ ।