सिन्धुली, १३ कात्तिक / सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका नेकपा एमालेको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित चैनपुर खेल मैदानमा सम्पन्न अधिवेशनले मान बहादुर वाइबाको अध्यक्षतामा ७४ सदस्यीय गाउँ कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा बिजय राई,
सचिवमा सत्यमान मोक्त्तान, सह सचिवमा चमार सिं घलान, ठुलिमाया आस्थानी मगर लगायतका सदस्यहरु सर्बसहमतबाट चयन भएका छन् ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी कमलजङ्ग राईले उद्घाटन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा नेकपा एमाले केन्द्रिय सल्लाहकार केशव देवकोटा, एमाले जिल्ला अध्यक्ष प्रदिप कटुवाल रहेका थिए । सम्पन्न उक्त अधिवेशनमा माओबादी केन्द्र तथा नेपाली काङ्ग्रेशबाट दर्जनौ सङ्ख्यामा एमालेमा प्रवेश गर्नेलाई प्रमुख अतिथी राई स्वागत गरेका थिए।