चितवन, ३ माघ/ चितवनको भरतपुरमा कोरियन मोटर कम्पनी साङयोङको अत्याधुनिक तथा सुविधासम्पन्न शो-रुम खुलेको छ । म्याक्सवेल मोटर्सले भरतपुर-१२ स्थित पारस बसपार्क नजिकै साङयोङको शो-रुम संचालनमा ल्याएको हो ।
शनिबार उधोग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई.भोजराज कौडेलले रिवन काटेर उद्घाटन गरेको उक्त साङयोङको शो-रुम चितवनमा नै पहिलो रहेको नेपालका लागि साङयोङका आधिकारिक बिक्रेता आइएमएसका प्रतिनिधी दिपेश कायस्थले बताएका छन् । उनले यो शो-रुम संचालन पछि ग्राहकले अझ सरल र शुलभ रुपमा स्तरीय सेवा पाउने कुरामा आफू विश्वास्त रहेको समेत बताए ।
उक्त उद्घाटन कार्यक्रमममा उद्घाटनको एक हप्ता भित्र गाडी खरिद गर्ने वा बुकिङ गर्ने ग्राहकहरुले १ लाख देखि १० लाख रुपैयाँ सम्मको छुट पाउने शो-रुमका संचालक हरिप्रसाद पन्तले बताए । संचालनमा आएको नयाँ शो-रुमले साङयोङ एक्सएलभी, कोरान्डो, रेक्सटन, एक्टयोन, टिवोली लगायतका लक्जरी एसयुभी तथा पिक-अपका मोडलका गाडी बिक्री गर्ने संचालक पन्तले जनाएका छन् ।