काठमाडौं ११ कात्तिक / इंग्लिस जाइन्ट म्यानचेस्टर सिटी वेस्टह्यामसँग पराजित हुँदै लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेर वेष्ट ह्याम युनाइटेड लिग कपको अन्तिम ३२ मा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा गएको हो ।
वेस्टहमका मार्क नोब्ले,क्रायग ड्वासन,एरोन क्रिस्वेल, सेड बेनरमा र जारडो बोविनले गोल गरे। सिटीका ज्याक ग्रिलिस, ग्याब्रियल जिजस र याओ कान्सेलोले गोल गरे। फिल फोडिनको प्रहार गोलमा परिणत हुन सकेन। सिटफ २०१६ पछि पहिलो पटक अन्तिम १६ बाटै बाहिरिएको हो।
लिग कप अन्तर्गत बुधबार सम्पन्न अन्य खेलमा बर्नलीलाई १–० ले पराजित गरेको टोटनह्याम तथा प्रेस्टनलाई २–० ले पराजित गरेको लिभरपुल पनि अन्तिम ३२ मा प्रवेश गरेका छन् ।