काठमाडौं ११ कात्तिक/ सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।
लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत रहेका थिए। लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।