विराटनगर ७ कात्तिक/ दलहरुको आग्रहमा प्रदेश १ को प्रदेश सभाको बैठक एक सातापछि सरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले दलहरूसँगको परामर्शपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । प्रदेश सभामा आज मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।
तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो । आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना;