हेटौंडा, २० पुष/ करिब एक वर्षको अन्तराल पछि हेटौंडाका गायक शोभराज तामांगले नयाँ गीतको म्युजिक भिडियो ल्याउने भएका छन । गायक तामांगको कान्छी बोलको नयाँ गीतको छायांकन हेटौडाका विभिन्न स्थानमा भइरहेको निर्देशक विशाल राज राईले बताएका छन ।
युभाष श्रेष्ठ, निरु थिङ्ग, दिपक तामांगको अभिनय रहेको उक्त गीतमा गायक तामांगकै शब्द संगीत रहेको छ भने गीतको भिडियोलाई विशाल राज राईले छायांकन, सम्पादन, निर्देशन गरेका छन् । यस अघि दुई वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिसकेका गायक तामांगको सुन्दर शान्त बोलको गीतको भिडियो दर्शकले निकै रुचाएका थिए । छायांकन कार्य भइरहेको उक्त कान्छी बोलको गीत छिट्टै नै सार्वजनिक गर्ने र भिडियोमा केही नयाँ देखाउन खोजेको गायक शोभराज तामांगले मेरो हुलाकी डटकमलाई बताएका छन् ।