सिन्धुपाल्चोक, २० असोज / सिन्धुपाल्चोकको मेलम्ची बजार छेउको नदी किनारमा गाडेको अवस्थामा शव फेला परेको छ । पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा रहेको नेत्रप्रसाद भन्ने (हरी दाहालको घर अगाडी एक व्यक्तीलाई गाडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले शवको अनुसन्धानका लागि कुकुर ल्याउने भएको छ । शँकास्पद रुपमा शव फेला परेकाले प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने बताएको छ ।
शवको खुट्टाको औलाहरु वाहिरबाटै देखिएको छ । घरधनी हरीप्रसाद दाहाल पनि हालसम्म सम्पर्कमा नआएको बुझिएको छ । शव भने उत्खनन गरिएको छैन । उत्खनन नगरिएकाले शवको पहिचान नभएको प्रहरीले जनाएको छ । घटना गम्भीर देखिएकाले कुकुर ल्याएपछि मात्रै अनुसन्धानको पाटो सुरु हुने जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिएका छन ।