काठमाडौं, २० असोज नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू शशि श्रेष्ठ , देवेन्द्र पौडेल , महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
मन्त्रालयको टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो ।
माओवादीको तर्फबाट यस अघि नै नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।