काठमाण्डौं, २६ कार्तिक । रौतहटेली गायक तथा संगीतकार सुर्य कमल राई दनुवारको प्रेमको फूल बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।
खेम बहादुर थापाको शब्द, राईको स्वर/संगीत रहेको उक्त गीतमा रबिन के बस्नेत, आयुष्मा कार्की, चिरन्जिबी सागरको अभिनय देख्न सकिने छ । गत शुक्रबार कृपा टिभीले युट्युब मार्फत सार्वजनिक गरेको उक्त प्रेमको फूल गीतको भिडियोको निर्देशन तथा सम्पादन बिजय टिखातरीले गरेका छन् ।