काठमाडौं, १९ असोज / प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरोध गरेको छ । एमालेले अवरोध कायम नै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका थिए ।
आजको बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरे । उक्त प्रतिवेदन पेस भएपछि प्रतिनिधिसभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।
एमालेले भदौ २३ गतेदेखि सभामुखको भूमिकालाई लिएर निरन्तर संसद अवरोध गर्दै आएको छ।