काठमाडौं, १९ असोज / त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भने भएको छैन । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।