काठमाडौं १९ असोज / संघीय संसदको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगती प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो।