सिन्धुपाल्चोक, १२ असोज / सिन्धुपाल्चोकको पाँचपोखरीमा दोश्रो पाँचपोखरी कप फुटबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका ३ मा रहेको यार्सा खेल मैदानमा यहि कात्तिक ७ गते देखि १७ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
पाँचपोखरी भोताङ युवा फुटबल क्लवको आयोजनामा हुन लागेको प्रतियोगितामा विजयी हुने टीमले नगद रु. १ लाख १० हजार राशीको पुरस्कार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो हुने टिमले नगद रु. ५५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष गोविन्द तामाङले जानकारी दिएका छन् । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान सहित हुने प्रतियोगितामा जर्सी सेट, फुटबल सुज, क्याप्टेन ब्याज अनिवार्य गरिएको छ भने दर्ता शुल्क रु. १० हजार लाग्ने र दर्ता गर्ने अन्तिम मिति कात्तिक ४ गतेसम्म तोकिएको अध्यक्ष तामाङले बताए ।
रेफ्रीको निर्देशन अनुसार हुने खेलमा प्राथमिक उपचारको व्यवस्था गरिएको छ भने अन्य व्यवस्था खेलाडी तथा टिम आफैँले गर्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुनका लागि खेलाडीहरुले नागरिकताकको प्रतिलिपि सहित पासपोर्ट साईजको एक प्रति फोटो अनिवार्य गरिएको छ । साथै नागरिकता नभएकाको हकमा भने जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको र खेल सञ्चालन समयमा खेलाडीद्वारा खेललाई बाधा प¥याउने गतिबिधि भएमा खेलाडी अथवा टिमलाई नै अयोग्य घोषणा गरिने पनि तामाङले बताएका छन् ।