रुकुम पूर्व, १० असोज / रुकुम पूव को पुथाउत्तरगंगा गाउँपालिकामा भेडाबाख्राको कारोबार बढ्न थालेको छ । दशै तिहार नजिकिएसँगै पुथाउत्तरगंगा गाउँपालिकामा भेडा बाख्राको कारोबार बढ्दै गएको हो । अहिले गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यापारीहरुले भेडाबाख्रा खरिद अर्थात संकलनको काम गरिरहेका छन् ।
पुथाउत्तरगंगाको विभिन्न ठाउँबाट स्थानीय व्यापारीले ठुलो मात्रामा भेडाबाख्रा संकलन गरेर बाहिर बिक्रिवितरण गर्ने गरेका छन् । अहिले पनि त्यहाँका स्थानीय व्यापारिले कृषकहरुबाट भेडाबाख्रा संकलनको कार्यलाई तिव्र पारेको पुथा १० घुम्लिबाङका विकास बुढामगरले जानकारी दिए । आज मात्रै पुथाउत्तरगंगाकै स्थानीय व्यापारी प्रवेश पुनले ७० वटा भेडा खरिद गरेको बताएका छन ।
त्यहाँ स्थानीय व्यापारीले मात्र नभई भेडाबाख्रा खरिदको लागि बागलुङबाट पनि व्यापारिहरु पुग्ने गरेको बुढाले बताए । गाउँपालिकाका सेमसेर बुढा र पीसे बुढा पनि भेडाबाख्रा खरिद संकलन गर्दै आएका छन । गाउँपालिकाको विभिन्न क्षेत्रबाट खरिद गरि जम्मा गरिएका भेडाबाख्रा बागलुङमा लगेर बेच्ने गरेको व्यापारीहरुले बताउछन् । दशै तिहारको बेलामा बागलुङका विभिन्न ठाउँमा भेडाबाख्रा सजिलै खपत हुने गरेको व्ययापारिहरु भनाई छ । व्यापारीहरुले गाउँबाट ६÷७ महिनादेखि एक वर्ष सम्मका भेडालाई १५÷१६ हजारमा खरिद गरेर बाहिर २०÷२२ हजारमा बेच्ने गरेका छन् ।