सिन्धुपाल्चोक, १० असोज / “स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला पुरुष डबल बयाट्मिन्टन प्रतियोगिता हुने भएको छ ! जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ थाङ्पालककोटको आयोजनामा २०७८ को विजय दशमी तथा शुभ दिपावलीको शुभकामना सहित असोज २३ गते देखि २५ गतेसम्म रैथाने र वडा नं. ४ को कार्यालयको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । वडा अध्यक्ष राम बहादुर तामाङका अनुसार प्रतियोगितामा प्रथम हुनेले पुरस्कार स्वरुप नगद ३० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो र तेश्रो हुनेले क्रमशः नगद रु. २० हजार र १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बेष्ट अफ थ्रि नकआउटको आधारमा खेलाईने खेलमा ए र बी पोल छुट्याएर नेपाल ब्याटमिन्टन संघको नियम अनुसार खेलाईने वडा अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागि हुन ईच्छुकहरुले असोज २० गते साँझ ५ बजेसम्म अवेदन दर्ता गरिसक्नुपर्ने छ भने आवेदन शुल्क रु.२५ सय लाग्ने छ । साथै प्रतियोगितामा सहभागी खेलाडीहरुको परिचय पत्र र सम्बन्धित कार्यालयको सिफारिस पत्र सहित पासपोर्ट साईजको १ प्रति फोटो अनिवार्य गरिएको पनि वडा अध्यक्ष तामाङले बताए । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति र ब्याटमिन्टन संघसँगको सहकार्यमा ब्याटमिन्टन खेलको विकास र ब्याटमिन्टन खेलाडि उत्पादनमा सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको खेलका संयोजक बाबुलाल तामाङले बताएका छन् ।