मकवानपुर, ७ असोज / मकवानपुरको सांगीतिक क्षेत्रका धरोहर हेटौडेली गायक किशोर डङ्गोलको शितल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोको छायाँकन, सम्पादन तथा निर्देशक विशाल राज राईले गरेका छन् । अहिले छायाँकन, सम्पादन तथा निर्देशक कार्यमा ब्यस्त राईले दुई दर्जन भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
मकवानपुरको रमणीय तथा पर्यटकिय स्थलहरुमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मकवानपुर कै कलाकारहरु राज राई र सुनैना रुम्बाको अभिनय रहेको छ । सार्वजनिक उक्त म्युजिक भिडियोको गीतमा नवराज लामिछानेको शब्द, सुरेश अधिकारिको संगीत तथा महराज थापाको एरेन्ज रहेको निर्देशक राईले जानकारी दिएका छन् ।