सल्यान ७ असोज / लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र भण्डारीको स्वरमा रहेका पछिल्लो समय निकै चर्चित गीत बजारमा रहेका छन । सल्यानमा हुर्केका गायक भण्डारी अहिले लामो समय देखि गीत संगीतलाई निरन्तर दिदै काठमाण्डौ लाई कर्मथलो बनाउदै आएका छन।
गाएक नेत्र भण्डारीको यो वर्ष मात्रै गीत दर्जनौंको हाराहारी बजारमा छन । गीत संगीतको निरन्तरताको क्रममै गाएक भन्डारीले फेरि अर्को माया माकुरीको गीत बजारमा ल्याएका छन । रमेश परियारको उत्कृष्ट शब्द र लय सृजनामा रहेको गीतमा निकै मीठा शब्द लयले भरिपुर्ण रहेको छ ।
नेत्र भण्डारी र समीक्षा अधिकारी को समधुर आवाजमा रहेको गीतको म्युजिक भिडियोमा एलिसा राई र सुवास थापा मगर अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक शिवान काजि श्रेष्टले गरेका छन । गीत रिजन नेपालबाट बजारमा आएको छ।