दोलखा असोज ६ / दोलखा जिल्लामा हाल सम्म ४५ हजार १ सय ६६ जनाले कोरोनाको दोस्रो मात्रा खोप लगाएका छन् । जिल्लामा गत माघ महिना देखी हाल सम्म ४७ हजार ६ सय ९० जनाले पहिलो मात्रा खोप लगाएका मध्ये ४५ हजार १ सय ६६ जनाले कोरोनाको दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।
जिल्लामा भेरोसिल, कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन र आस्ट्राजेने कोरोना विरुद्धको खोप लगाएका हुन् । जिल्लाको भीमेश्वर नगरपालिकामा ९ हजार ६ सय ७९ जना, जिरी नगरपालिकामा ३ हजार ६ सय १८ जना, गौरीशंकर गाउँपालिकामा ५ हजार ५ सय ३४ जना, विगु गाउँपालिकामा ५ हजार ४३ जना, कालिन्चोक गाउँपालिकामा ५ हजार १९ जना, शैलुङ गाउँपालिकामा ३ हजार ९ सय १८ जना,मेलुङ गाउँपालिकामा ३ हजार ६ सय ७६ जना तामाकोशी गाउँपालिकामा ४ हजार ५ सय ४९ जना र बैतेश्वर गाउँपालिकामा ४ हजार १ सय ३० जना गरि ४५ हजार १ सय ६६ जना दोस्रो मात्रा खोप स्वास्थ्य कार्यालय दोलखाले लगाएको वताईएको छ ।