सुर्खेत ६ असोज / सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बिहान करिब साढे १० बजे बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको छ।
बसमा सवार २४ जना यात्रुमध्ये १२ जना घाइते भएको र घाइतेहरूको स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ।