काठमाडौं ६ असोज / बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार बुधबार छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ। मंगलबार ८९ हजार २०० रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ। महासंघका अनुसार चाँदीको मूल्य मंगलबारको तुलनामा बुधबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ।