काठमाडौं ६ असोज / सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएका हुन् ।
गठबन्धनका दलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन र सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी रहेको एक नेताले जानकारी दिए। यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन् ।