काठमाण्डौं,५ असोज / नेपालस्थित जापानी राजदूतावासको भिषा सम्वन्धि सम्पूर्ण प्रक्रिया गर्ने आधिकारिक कार्यालय भिएफएसले भिषा आवेदन लिन सुरु गरेको छ । जापान सरकारले कोभिड-१९ को महामारीका कारण जापानमा विदेशी नागरिक प्रवेशमा रोक लगाएसँगै भिषा आवेदन स्थगित गरेको भिएफएसले सेप्टेम्बर २० तारिख जारी गरेको सूचना अनुसार जापान प्रवेश योग्यता प्रमाणपत्र ( सिओई ) आएका व्यक्तिहरुको भिषा आवेदन गर्न सकिनेछ ।
भिएफएसले जापानको लागि प्रक्रिया स्थगित भिषा आवेदनका लागि अहिले १,५८४ नम्वर उल्लेख भएका सिओई वाहकले मात्र भिषाको लागि आवेदन गर्न सक्ने जनाएको छ । १,५८४ नम्वर उल्लेख भएका सिओई पाएकाहरुले सेप्टेम्बर २२ तारिख बुधवारबाट काठमाडौं ठमेल छायाँ कम्प्लेक्समा रहेको भिएफएसको कार्यालयमा गएर भिषा आवेदन प्रक्रिया अगाडी बढाउन सक्ने सूचनामा उल्लेख छ ।जापानको पहिलो पटक विद्यार्थी, वर्किगं तथा व्यावसायिक भिषा बाहकहरु एक वर्ष भन्दा बढी समयदेखि नेपालमा रोकिएर बसेका छन् ।