काठमाडौं ४ असोज / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक दिउँसो ३ बजे बस्ने छ ।
विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल गर्न हिजो (आइतबार) देखि जारी बैठक आज पनि बस्न लागेको हो। यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ।
एमालेको केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो।