काठमाडौं ३ असोज / पछिल्लो २४ घण्टामा नेपालमा ७३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । भने १२ जनाको मृत्यु भएको छ । १० हजार १३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।