असोज ३ असोज / हाँस्य ब्यङ्ग्यका वरिष्ठ कलाकार रमेश केसी मट्टारेको ६९ बर्षको उमेरमा निधन भएको छ। उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको हो । छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै अस्पतालले मृत घोषित गरेको हो ।
उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए । यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।