दाङ ३ असोज / आइतबार बिहान ७ बजे मोटर चलाउने क्रममा दाङमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।