सिन्धुपाल्चोक, २ असोज / ईन्द्रावती खोलामा पानीमा डुवेको अवस्थामा एक जना महिलाको शव भेटिएको छ । ईन्द्रावती गाउँपालिका वडा नं. ५ माझि बगर स्थित ईन्द्रावती खोलामा भेटिएको उक्त शव ५५ वर्षकी जुना सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृतक सार्कीँ भदौ २८ गते विहान छोरी पार्बती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपालिका स्थित छोरीको घरमा गएकी थिइन् । भदौ २९ गते विहान छोरीको घरबाट आफ्नो घर तर्फ फर्केपनि २ दिन सम्म घरमा नआईपुगेकोले परिवार र आफन्तले खोजतलासको लागि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी कार्यालयबाट खोजतलासको लागि खटीएको प्रहरी टोलिले शुक्रबार ईन्द्रावती गाउँपालिका वडा नं.५ माझि बगर स्थित ईन्द्रावती खोलामा पानीमा डुवेको अवस्थामा मृतक सार्कीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव मृतकको सदगतको लागि श्रीमानलाई जिम्मा लगाएको बताए ।