दोलखा, २ असोज / दोलखाको सदरमुकाम चरिकोटबाट काठमाण्डौँ जादै गरेको यात्रु वाहक बस र मोटर साइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको ज्यान गएको छ । शनिबार चरिकोटबाट काठमाण्डौँ तर्फ जादै गरेको बा ३ ख ४७३३ नम्वरको बस र बा ५७ प ७९३१ नम्वरको मोटरसाईकल एक आपासमा ठोकिदा कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ का २४ वर्षिय सन्तोष थामीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी अञ्जन कोईरालालले जानकारी दिएका छन् ।
भीमेश्वर नगरपालिकाको वडा नम्वर ७ मकैबारीमा दुघर्टना हुदाँ घाईते भएका मोटरसाईकल चालक थामीको चरिकोटमा उपचारकोक्रममा मुत्यु भएको हो । त्यसैगरी मोटरसाईकलमा सवार भीमेश्वर नगरपालिका वडा नम्वर १ सुस्पाक्षमावतीका १९ वर्षिया सुजीता थामी र सोहि स्थानका ५० वर्षिया सारदा थामी गम्भीर घाईते भएकी छन् ।घाईते दुवै जनाको थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको छ ।