बैतडी ,३१ भदौ / भदौ ६ गते अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई जन्मनेबितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन।
माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेस गरेको थियो।