काठमाडौं २९ भदौ / नेपालमा पछिल्लो २४ घण्टामा १५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ । साथै १५८९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २६६ जनाको पीसीआर परीक्षणमा १ हजार १८० र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।