काठमाडौं २९ भदौ / प्रतिनिधिसभाको बैठक बजेट पारित नहुँदै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले नाराबाजी गरेका थिए। नाराबाजीकै बीच सुरु भएको बैठकमा विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्। एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार विहान ११ बजे बस्ने छ।