दोलखा २९ भदौ,/ ग्रामीण विकास टुकी संघ दोलखाले ४४ औँ टुकी दिवस सोमबार मनाएको छ । ग्रामीण भेगका किसानहरुको जीवन स्तर उकास्न ४४ वर्ष अघि दोलखाबाट शुरु गरिएको टुकी अभियानको अन्तर्गतको टुकी दिवस चरिकोटमा एक कार्यक्रमका बीच मनाएको हो । गरिबीको रेखामुनी रहेका कृषकलाई व्यवसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गर्दै यो दिवस मनाइएको हो । स्थापनाकालदेखि हालसम्म प्रतिबद्ध टुकीहरुको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले जानकारी दिएका छन्। जिल्लाभर करिब ६ सय टुकीहरु सक्रिय भएको १४ वर्ष पछि विक्रम संवत २०४८ सालमा दोलखामा संघको विधिवत गठन गरिएको थियो ।
डाक्टर के पाण्डेले प्रवर्धन गरेको विकासको टुकी मोडल नेपालमा निकै सफल विकास नमुनाको रुपमा चिनिन्छ । टुकी संघ मार्फत जिल्लाका हरेक कुनाकाप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षताका साथै पारदर्शीता अपनाउदै आएको अध्यक्ष रोचकुमारी चौलागाईले दावी गरेका छन् । जिल्लाका सबै स्थानीयतहसम्म संरचना निर्माण गर्ने र टुकी अभियानलाई विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने जानकारी अध्यक्ष चौलागाईले दिएका छन् । टुकी दिवस कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला सु(आहारा कार्यक्रमका संयोज )लवहरी बूढाथोकीले टुकी जरा देखि पलाएर मौलाएको बलियो रुख जस्तै भएकोले यो निकै शक्तिशाली संगठन भएको बताए । बूढाथोकीले टुकी अभियान नेपालका लागि निकै फलदायी भएकाले यो अन्य जिल्लामा पनि विस्तार गर्दै देशभर अभियान सञ्चालन गर्न सबैले पहल गर्नुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पूर्व अध्यक्ष बेनी बहादुर कार्की, जयप्रसाद दहाल, महासचिव मकरध्वज पाख्रीन, लगायत कोषाध्यक्ष बद्री कटुवाल, मुकुन् ददहाल, कल्पना खड्का, रुपेन लामा, रामचन्द्र श्रेष्ठ, पदम विक्रम सापकोटाले सम्पूर्न टुकीहरुको विकास र उन्नतिको कामना गरेका थिए ।