काठमाडौं २९ भदौ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ । एमालेले कारबाही गरेका सांसदको पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन ।
सभामुखले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । तर, एमालेले विरोध गरेपछि एमालेसहितको बैठक राख्नुपर्ने निष्कर्षसहित बैठक टुंगिएको थियो।