रौतहट, २५ भदौ / आईटी आर्मी रौतहटले एमसिसीको बिरुद्धमा जिल्लाको चन्द्रपुरमा बिरोध प्रदर्शन गरेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै शुक्रबार आईटी आर्मीले नाराबाजी सहित विशाल प्रदर्शन गरेको हो ।
आईटी आर्मीको रौतहट जिल्ला संयोजक नरेश साह तुरहाको नेतृत्वमा चन्द्रपुर नगर कमिटीले पूर्व-पश्चिम राजमार्गमा आईटी आर्मीमा आवद्ध युवाहरुले राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, देश बेच्न पाईदैन एमसीसी चाहिदैन, नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
मुलुकमा अस्थिरता उत्पन्न गरी द्वन्द्वको अखडा बनाउन खोजेको र विदेशीको हितमा एमसीसी सम्झौता गर्न सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट पास गर्न खोजेकोले खबरदारी स्वरुप प्रदर्शन गरेको संयोकज साहले बताएका छन् । यस्तै युवा नेता पलट चौधरीले अहिलेको स्थितीमा दल त्याग गरेर भएपनि एमसिसीको बिरुद्ध सडक तताउनु पर्ने बताएका छन् । उनले राजनीतिक मतभेद कति पनि नराखी राष्ट्रिय हितको लागि हामी एक भएर अगाडी बढ्नुको विकल्प नरहेको समेत बताएका छन् ।