रौतहट, २५ भदौ / नेकपा माओवादी केन्द्र गुजरा नगरपालिका- ३ मा महताव आलमको नेतृत्वमा १७ सदस्यीय गाउँ कमिटी गठन भएको छ । वडा कमिटी सचिव शेख शफ्रुलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आलमको नेतृत्वमा नयाँ गाउँ कमिटी गठन गरेको हो । त्यस्तै सोही बैठकबाट जाकिर हुसैनको नेतृत्वमा १७ सदस्यीय वाईसियलको गाउँ कमिटी पनि गठन गरेको बैठकका प्रमुख अतिथी तथा माओवादी केन्द्र रौतहट जिल्ला सदस्य काजिमान माझीले जनाएका छन् ।
नव गठित गाउँ कमिटीमा राजु माझी, भेदरी माझी, आश महम्द, अन्शुमन चौधरी, कविता कुमारी चौधरी तथा वाईसियल तर्फ़ सम्शेर देवान, कैमुल देवान तथा जावेर देवान लगाएतका रहेको माझीले बताएका छन् ।