सिन्धुपाल्चोक, २५ भदौ / परफेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस सिन्धुपाल्चोक’ को तेस्रो अडिशन शनिबार हुने भएको छ । २६ गते शनिबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हुने तेस्रो अडिशनको लागि नायक एवम् मोडल सलोन बस्नेत आउने भएका छन् । भदौ १२ गतेबाट सुरु भएको प्रतियोगिता अन्र्तगत पहिलो अडिसनबाट १७ जना छनौट भएको आयोजक कम्पनीका कार्यकारी निर्देशक मञ्जरी पुरीले बताएकी छन् । पुरीका अनुसार गत १९ गने सम्पन्न दोस्रो अडिशनको नतिजा चाँडै प्रकाशन गरिने जनाएकी छन् ।
सम्पन्न पहिलो अडिशनमा सहभागीहरुको छनौट भारत भोपाल मध्यप्रदेशमा जन्मिएका मोडल अलि अकरम रजा, मञ्जरी पुरी र अर्शु महर्जनले गरेका थिए भने दोस्रो अडिसनमा अलि अकरम रजा, मञ्जरी पुरीले जर्जमेन्ट गरेका थिए । १५ देखि २४ वर्ष समुह भित्रका सहभागि रहने उक्त प्रतियोगिताको तेस्रो अडिसन सम्पन्न पछि छनौट भएकाहरुलाई भाद्र ३० गतेबाट विभिन्न तालिम प्रदान गरिने छ भने तालिमका लागि प्रत्येकले १२ हजार रुपैंया तिर्नुपर्ने कार्यकारी निर्देशक पुरीले बताएकी छन् । मिस्टर एण्ड मिस सिन्धुपाल्चोकको विजेताले नगद २५ हजार रुपैंयासहित म्यूजिक भिडियो, छोटो चलचित्रमा अभिनयको अवसर प्रदान गरिने समेत पुरीले बताईन् ।