काठमाण्डौं, ४ असोज । किवानिज क्लव अफ काठमाण्डौ हेरिटेज (KWANIS CLUB OF KATHMANDU HERITAGE) ले टोखाको एक बाल संरक्षण संस्थालाई विभिन्न खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
काठमाण्डौं टोखा नगरपालिका ६ ग्रिनल्याण्डको हाम्रो बाल संरक्षण धरोहर, नेपाल (OUR CHILDREN PROTECTION FOUNDATION-NEPAL) नामक संस्थालाई क्लवका सदस्यहरु तथा विभिन्न व्यक्तिहरुबाट प्राप्त आर्थिक सहयोगबाट किवानिज क्लव अफ काठमाण्डौ हेरिटेजले आलु, दाल, हरियो सिमी, विस्कुट, जुस, ग्यास तथा नुहाउने साबुन, स्याम्पु, स्यानिटाइजर, स्यानिटरी प्याड लगाएतका सामग्री हस्तान्तरण गरेको क्लवकी अध्यक्ष डा.अनुपमा श्रेष्ठले मेरो हुलाकी डटकमलाई जानकारी दिएकी छन । कोरोना भाइरस ( कोभिड १९) का कारण विश्व आक्रान्त बनेको अवस्थामा बाल बालिका पनि संक्रमणबाट अछुतो नरहेको हुनाले बाल बालिकाको संरक्षणको क्षेत्रमा काम गर्दै आएको हाम्रो बाल संरक्षण धरोहर नेपाल (OUR CHILDREN PROTECTION FOUNDATION-NEPAL) लाई आईतबार एक कार्यक्रमको आयोजना गरि सो सामग्रीहरु हस्तान्तरण गरेको क्लवकी अध्यक्ष श्रेष्ठले बताएकी छन।
किवानिज क्लव अफ काठमाण्डौ हेरिटेज (KWANIS CLUB OF KATHMANDU HERITAGE) कल्व मात्र नभएर सामाजिक संस्थाको रुपमा स्थापना भएको हो र यस क्लवले नेपाल लगाएत विश्वका विभिन्न ९६ वटा देशमा बाल बालिकाहरुलाई सहयोग गर्दै आएको क्लवका संस्थापक अध्यक्ष एवम वर्ष २०२०/२१ का लागि लेफ्टिनेन्ट गभर्नर राज कुमार श्रेष्ठले बताएका छन । विश्व भरका बालबालिकाहरुलाई सहयोग पुर्याउने उद्देश्यले सन १९१५ मा स्थापना भएको र अहिले विभिन्न ९६ देशमा गरी ८ हजार कल्व सहित ६ लाख सदस्यहरु रहेको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा क्लवका निर्वाचित केन्द्रिय गभर्नर एकराज पन्त, डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल, उपाध्यक्ष लक्ष्मण लम्साल र प्रमुख सल्लाहकार तिर्थ कुमार सिंह लगाएत क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो साथै गत शनिबार सम्पन्न क्लवको निर्वाचनबाट निर्वाचित नव सदस्यहरुलाई संस्थापक अध्यक्ष श्रेष्ठले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।