दोलखा, २३ भदौ÷दोलखामा नेकपा एमालेका ७ जना जनप्रतिनीधीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन कार्यालय दोलखाका कर्मचारी विशाल केसीका अनुसार नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा मेलुङ गाउँपालिकाका ४ जना, शैलुङ गाउँपालिकाका २ जना र भीमेश्वर नगरपालिकाका १ जना प्रतिनिधि रहेका छन ।
जिल्लामा नेकपा एमालेबाट निर्वाचित ३ सय ४९ जना जनप्रतिनिधि मध्ये ७ जनाले मात्र पार्टी परिवर्तन गरेको नेकपा एमाले दोलखाले जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेमा गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्ष १ जना, कार्यपालिका सदस्यीयहरु २ जना र ३ जना वडा सदस्यहरु रहेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ १५ गते देखि २२ गते सम्मका लागि दल रोज्न समय दिएको थियो ।