असोज १, दोलखा ! बालबालिकाहरु भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले परिवर्तनशील यूवा समाज नामक संस्थाले हाँस्य टेलिफिल्मको निर्माणको थालनी गरेको छ ! यूवा समाजले दोलखा मेलुङ्गका बाल बालिकाहरुलाई समेटेर हाँस्य टेलिफिल्म "हो कि हैन" निर्माण गर्ने गरेको हो !
समाज हुने गरेका नराम्रा गतिविधिहरु, अन्ध विश्वास तथा कुरीतिहरुलाई अन्त्य गर्ने उद्देश्यले उक्त टेलिफिल्मको निर्माणमा आफूहरु लागेको निर्देशक कृष्ण बहादुर बुढाथोकीले बताए ! उनका अनुसार समाजका कुरीति तथा विकृति अन्त्य गर्नुका साथै बाल बालिकाहरुमा रहेको प्रतिभा पनि प्रस्फुटन होस भनेर हामीले स्थानीय स्तरमा नै टेलिफिल्म निर्माणमा लागेको बताए !
भाग-३-सम्म निर्माण गरेर युट्युब मार्फत सार्वजनिक गरिसकेको उक्त टेलिफिल्ममा कृष्ण बुढाथोकी, देव बस्नेत, सुजता बुढाथोकी, सर्मिला राउत, सुवास मुग्राती लगायतका कलाकारहरुको अभिनय रहेको छ ! कम लगानीमा र स्थानीय स्तरमा नै छाँयाङ्कन गरिएको उक्त टेलिफिल्मका सबै कलाकारहरु स्थानीय युवा तथा बाल बालिका नै रहेकोले स्थानीय स्तर तथा साथीभाईहरुबाट राम्रै प्रतिक्रिया आइरहेको निर्माता तथा सम्पादक सन्तोष बुढाथोकीले मेरो हुलाकीलाई जानकारी दिएका छन् !