दोलखा २० भदौ / कोरोना संक्रमण बढेपछि बन्द गरिएको दोलखाको कालिञ्चोक केबलकार आजबाट सञ्चालनमा आएको छ।कालिञ्चोक दर्शन प्रालिबाट सञ्चालन गरिएको केबलकार निषेधाज्ञा पछि गत वैशाख १६ गतेबाट बन्द रहेकोमा आईतबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको कालिञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक अशोक शिवाकोटीले जानकारी दिएका छन । उनका अनुसार बन्द हुनु अघि दैनिक १ हजार देखी २ हजार सम्म यात्रु हुने गरेको भएपनि पहिलो दिन आज चारवटै केबलकार सञ्चालनमा आएपनि यात्रुहरु संङख्या शुन्यता रहेको बताएका छन ।
केबलकारमा यात्रुहरुका लागि पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ। जसअन्तर्गत केबलकारको स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हातधुने ईत्यादि व्यवस्था मिलाएको छ । साथै जिल्लाका मठ मन्दिरहरु बन्द गर्ने जिल्ला प्रशासन कार्यालय दोलखाको निर्णय अनुसार कालिञ्चोक मन्दिर पनि गत वैशाखबाट बन्द रहेको छ ।