रौतहट, ३२ साउन / अभिनेता सदाम हुसैनको भोजपुरी चलचित्र स्पेशल कमाण्डो अन मिशनको ट्रेलर सार्वजनिक गरिएको छ । एक दर्जन भन्दा वढी नेपाली कलाकारहरुको अभिनय रहेका उक्त चलचित्रको ट्रेलर प्रिया भिडियो भोजपुरी अनलाइन युटयुव च्यानल मार्फत शनिवार सार्वजनिक गरिएको हो।
माँ कामाख्याको ब्यानरमा र भुपेंद्र बिजय सिंह द्वारा प्रस्तुत भोजपुरी चलचित्रमा आफनो देशलाइ कसरी सुरक्षित राख्ने, देशको जनतालाई कसरी सुरक्षा गर्ने भन्ने कथामा आधारित रहेर उक्त भोजपुरी चलचित्र निर्माण गरिएको निर्माण पक्षले जानकारी गराएका छन् ।
उक्त चलचित्रमा भोजपुरी फिल्म कै प्रसिद्ध निर्देशक अमित कुमार श्राफको कथा तथा निर्देशन रहेको छ भने भैरहवा, बुटवल, चितवन र चन्द्रपुर लगायतका स्थानहरुमा छायाँकन गरिएको निर्माता गणेश प्रसादले बताएका छन्।
चलचित्रमा अभिनेता सदाम हुसेन, समाम हुसेन, निशांत पाण्डे, अयाज खान, आदर्श कुमार, मनिषा यादव, माही खान, राज कपूर शाही, शिवकुमार साह, शानु यदुवंशी, अली शाह, जाकिर हुसेन लगाएतले अभिनय गरेका छन ।