काठमाण्डौं, २२ साउन / बिगत लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार विकास चौधरीले आफ्नो नयाँ गीत"मैले रोक्न नसक्नु" सार्वजनिक गरेका छन् । २०६२ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गरेका चौधरी गायन क्षेत्रलाई निरन्तरता नदिई संगीत शृजना तर्फ लागेका थिए। संगीत शृजनामा आफुलाई अग्रस्थानमा स्थापित गराउन सफल भएका संगीतकार तथा गायक चौधरीले आफ्नै स्वरमा "मैले रोक्न नसक्नु" बोलको गीत सार्वजनिक गरेका हुन् ।
नेपाली चलचित्र क्षेत्रको संगीतकार रुपमा स्थापित नाम हुन विकास चौधरी । आफ्नो सांगीतिक यात्रामा गायन क्षेत्रलाई सँगसँगै लैजान नसकेको भन्दै चौधरीले एक दशक पछाडी "मैले रोक्न नसक्नु" सार्वजनिक गरेको मेरो हुलाकी डटकमलाई बताएका छन् । धेरै जस्तो सांगीतिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुले गरेको आग्रहलाई आत्मासाथ गर्दै आफूले गायनलाई निरन्तरता दिन लागेको जनाएका छन् ।
सार्वजनिक उक्त गीतको भिडियोमा संगीतकार तथा गायक चौधरीकै अभिनय रहेको छ भने गीतकार अमृत देवकोटा सुनारको पनि साथ रहेको छ । एचपी इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा स्वर/ संगीत चौधरीकै, सोनी राईको मेकअप, सुमन मगरको छायाँकन/ सम्पादन तथा उषा मलाह सिम्रनको निर्देशन रहेको छ । संगीत सृजना कार्यसँगै गायनलाई पनि निरन्तरता लागेका चौधरीलाई मेरो हुलाकी डटकमको तर्फबाट सफलताको शुभकामना ।