रौतहट, ९ साउन / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रौतहटको गुजरा नगरपालिका वडा नम्वर-४ को वडा भेला सम्पन्न भएको छ ।
नरहरी लम्सालको अध्यक्षतामा सम्पन्न भएको वडा भेलाले कमलेश चौधरीको संयोजकत्वमा ३१ सदस्यीय नयाँ वडा कमिटी समेत गठन गरेको माओवादी केन्द्रका जिल्ला सदस्य काजिमान माझीले जानकारी दिएका छन् । नव गठित कमिटीको सह-संयोजकमा तुलसी यादव, सदस्यहरुमा सुखल महरा, शिवक चौधरी, राज किशोर चौधरी, कविराज पोखरेल, प्रकाश चौधरी, टिका किशोर चौधरी, उत्तम चौधरी लगायतका रहेका छन् ।
उक्त वडा भेलाको प्रमुख अतिथीमा काजिमान माझी, विशिष्ट अतिथीमा छोटेलाल चौधरी, दिलिप राज गिरी, अतिथीहरुमा कृष्ण पोखरेल, मन्सुर देवान रहेका थिए ।