काठमाण्डौं, ४ साउन / हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायक तथा संगीतकार क्रिश क्षेत्रीले आफ्नो नयाँ कोशेली खिच् फोटो खिच् सार्वजनिक गरेका छन् ।
साउन महिनाको पहिलो सोमबार पारेर सार्वजनिक गरिएको उक्त गीतमा क्षेत्री सहित टिका सानु, धनमाया नेपाली र तेजेन्द्र बुढाथोकीको स्वर रहेको छ । सानै उमेर देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका क्षेत्रीले दर्जन भन्दा बढी गीतमा स्वर र संगीत भरेका छन् । आज सार्वजनिक गरेको उक्त गीतमा पनि क्षेत्रीकै संगीत रहेको छ भने तेजेन्द्र बुढाथोकी र क्षेत्रीले रचना गरेका छन् ।
३ वर्ष पहिले सार्वजनिक गरेको तीज गीत नाँच मैया नाँचलाई दर्शक श्रोताले अत्यधिक मन पराएका कारण भाग दुईको रुपमा खिच् फोटो खिच् दर्शक श्रोताहरू माझ लिएर आएको क्षेत्रीले बताएका छन् । उनका अनुसार यसमा स्वर दिएका गायक गायिका बाहेक गोविन्द विवश, चित्र पुन र ममता राना मगरको नृत्य तथा अभिनय देख्न सकिनेछ ।