रौतहट, ३० असार / रौतहटमा नेपाली काँग्रेसका एक जना युवा नेता नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् ।गुजरा नगरपालिका-३ का युवा नेता राज कुमार पहरीले काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार केन्द्रका गुजरा नगरपालिका स्तरीय एक कार्यक्रममा केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समीर) ले पहरीलाई टिका लगाएर स्वागत गरेको जिल्ला कमिटी सदस्य काजीमान माझीले जानकारी गराएका छन्।