रौतहट, २५ असार / रौतहट जिल्लाको चन्द्रपुर-८ बस्तीपुरमा भएको दुई पक्ष बीचको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा दिप नारायण चौधरी, जग नारायण चौधरी, सुमन चौधरी, आकाश चौधरी, बिक्रम चौधरी, अगम चौधरी र राजन राम लगाएतका छन् ।
स्थानिय दिप नारायण चौधरी र प्रह्लाद चौधरीको समूह बीच बिहीबार राती भएको झडप क्रममा दुई घरमा तोडफोड हुनुको साथै स्कुटर सहित ७ वटा मोटरसाईकलमा आगजनी समेत भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिला राज लामिछाने बताएका छन् ।
झडपको क्रमम प्रह्लाद चौधरीका पक्षले श्रीराम चौधरी र लक्ष्मी नारायण चौधरी घरमा तोडफोड गर्नुका साथै आफुलाई घरसम्म छोड्न आएका साथीहरुको मोटरसाईकलमा आगजनी गरेको दिप नारायण चौधरीले मेरो हुलाकी डटकमलाई बताएका छन् । उनले आफुलाई घर सम्म छोड्न आएको साथीहरुलाई बिना कारण होहल्ला गरेको भन्दै कुटपीट गरेको र मोटरसाईकलमा आगजनी तथा घर तोडफोड गरेको बताए ।
यता प्रह्लाद चौधरीले दिप नारायण चौधरीका साथीहरुले गाउँमा आएर अनावश्यक हो-हल्ला तथा गाउँलेलाई जथाभावी अपशब्द प्रयोग गर्दै छोरा बिक्रम चौधरीलाई कुटपिट गरेका कारण गाउँलेले आवेगमा आएर मोटरसाईकलमा आगजनी तथा घर तोडफोड गरेको बताएका छन् ।