रौतहट, २४ असार / रौतहटमा पानीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ घर नजिकैको पैनीमा(कुलो) खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विकले जानकारी दिएका छन् । मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका-१० दुधिअवाका दिपेश चौधरीको डेढ वर्षिया छोरी आयुषा चौधरी रहेको प्रहरीले जनाएको छ ।
मन्सुन सक्रिय भई निरन्तर वर्षाका कारण स्थानीय खोला तथा कुलो/पैनीमा पानीको सतह बढेकोले सम्पूर्णलाई सचेत भएर बस्न प्रहरी निरीक्षक विकले आग्रह समेत गरेका छन् ।